Comments Add Comment

Advertisment

SKIP THIS

लोकतन्त्रको सबैभन्दा नराम्रो पक्ष नै यहि हो !

तसर्थ नेपाली जनता अब जिम्मेवार बन्नु पर्छ। मैले गरेर हुँदैन भन्ने निराशावादी सोंच त्यागौं। देश जनता र लोकतन्त्र प्रति मन वचन र कर्मले प्रतिवद्ध होऔं सके अन्यायका विरुद्ध लडौं परिणाम दिऔं नसके चुपचाप बसौं धर्म (गर्नै पर्ने कार्य) नछोडौं। सके सम्म निष्कलंकित र सक्षम व्यक्तित्व चयन गरौं नसके भएका उमेद्वार मध्ये सबैभन्दा असल र सक्षम नेतृत्व चयन गरौं। हाम्रा क्षणिक कमजोरीले जीवनभर पछुताउने काम नगरौं। किनभने हामीले अरुलाई ढाँटे पनि आंफैंलाइ ढांट्ने र धोका दिने भनेको महामूर्ख हुनु हो। यहाँ सैद्धान्तिक र व्यवहारिक उमेद्वारमा छनौट गर्न कठिन भए व्यवहारिक नेतृत्वलाई नै ठाउँ दिनु उचित हुन्छ भन्ने मेरो व्यक्तिगत धारणा छ। म भने कमसेकम यो अस्वस्थ उछलकुद र छिनाझप्टिको यो अतृप्त चाहना पूरा गर्न दाँत ङिच्याउँदै याचना गर्न समरमा देखिने छैन । म वहाँ साथी प्रती अगाध स्नेह र सम्मान व्यक्त गर्दछु जसले मलाई मायाले घच्घच्याउनु हुन्छ। तर मैंले यहाँको निम्छरो र एकाङ्की नेतृत्वसंग सम्बन्ध विच्छेद गरेको अवस्था छ जहाँबाट मलाई कुनै जिम्मेवारी प्राप्त हुँदैन। अनि आफैं नेता भएको अवस्था पनि हैन फेरि !

म त अब व्यक्तिगत रुपमा कसैको लागी पनि मत माग्न जान्न किनकी आजको एक्काइसौं शताव्दिको मध्यविन्दुतिर आइपुग्दा र सूचना र समाचारको यो असाधारण रङ्गमञ्च्मा अर्काले भनेर निर्णय गर्ने मान्छे कम भन्दा कम हुनुपर्छ। तपाइँको विवेक प्रयोग गर्ने कुरा नितान्त तपाईंलाई नैं छाड्नु पर्छ। यहाँ बुझाउने नाममा घर घर अझ ओछ्यान ओछ्यान्मा आउने सब कृत्रिम र ढोंगी लुटेरा पनि हुन सक्छन् ब्रम्ह चिन्तन्द्वारा अभिमत जाहेर गर्नु हुन सादर अनुरोध गर्दछु।

यहाँ रातारात पैसा बाँड्ने भैंसी सुँगुर कुखुरा काटेर खाने वा अन्य मादक पदार्थको चलखेल गरि तपाइँलाई अनुचित प्रभावमा पार्न सक्यो यदि कसैले भने त्यो जीवनको महाभुल हुनेछ। यदि कसैले तपाइँलाई नबुझेर कुनै प्रयत्न गर्यो भने तपाइँले चुपचाप पचाइ दिनु हुनेछ भन्ने मैले विश्वास लिनु पर्छ अब। यहाँ केही गर्न नसक्ने अक्षम इमान्दार भन्दा पनि केही गर्न सक्ने तर हात धोएर पनि खेर नफाल्ने संसार सुहाउँदो तपाइँले आफ्नो कुरा सपाट राख्न सक्ने र तपाईंको कुरा ध्यान दिएर सुन्ने र प्रतिबिम्बित हुने उम्मेदवारलाई जिताउनु होला अन्यथा अघिपछीको विरोध समर्थन र हिहिले काम गर्दैन। निर्णयका बेला कठोर बनौं संसारको सुन्दर हाम्रो देश यहिंबाट सुन्दर बनाऔं।हाम्रै गलत निर्णयले देश भासिन्छ र हाम्रै असल निर्णयले हाम्रै संबृद्धी बढ्ने हो।

खिमराज गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै