Comments Add Comment

Advertisment

SKIP THIS

क्रिकेट मैदानबाटै समातिए २० जना बढी सट्टेबाज

२ मंसिर , काठमाडौँ । नेपाल र यूएईबीचको एकदिवसीय खेलमा ‘लाइभ बेटिङ’ गर्ने २० जनाभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।

सट्टेबाजी गरेको आरोपमा शुक्रबार सीआईबीको टोलीले काठमाडौं त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानबाटै उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

क्रिक इन्फो र टेलिभिजन प्रत्यक्ष प्रसारणमा कम्तिमा पनि ३ सेकेन्ड ढिला हुँदा उनीहरुले त्यसको फाइदा लिन मैदानमा नै बसेर बल टु बल एपको माध्यमबाट सट्टेबाजी गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

पक्राउ पर्नेको साथबाट मोबाइल र नगद बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै