Comments Add Comment

Advertisment

SKIP THIS

कोटेश्वर प्रहरीको सफलता : सालकको खपेटासहित २ जनालाई पक्राउ

२९ पुष, काठमाडौ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरबाट संरक्षित वन्यजन्तु सालकको खपेटासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भोजपुर रामप्रसाद राई गाउँपालिका–४ लाखुरे बस्ने रुक्मणबहादुर बुर्जामगर र पाँचथर मिक्लाजुङ गाउँपालिका–८ टोखा बस्ने भवीन्द्रबहादुर मगर रहेका छन् ।

कोटेश्वर क्षेत्रमा संरक्षित वन्यजन्तुको खपेटा अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई १ किलो ५ सय ग्राम तौल भएको उक्त खपेटासहित फेला पारी पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कानुनी कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा पठाईएको उक्त ब्युरोले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment