Comments Add Comment

Advertisment

SKIP THIS

नियन्त्रित ला’गु औ’ष’धस’हित प्रहरीले दुई जनालाई पक्राउ

१३ मंसिर ,काठमाडौ । नियन्त्रित ला’गु औ’ष’धस’हित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी बोदेबर्साईन नगरपालिका-१ बस्ने २० वर्षीय धर्मेन्द्र कुमार साह र सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त कुमार मंण्डल रहेका छन् ।

स ८ प २८०३ नम्बरको मोटरसाइकल सवार निजहरुलाई भगवानपुर गाउँपालिका-३ गैरसाहा टोलबाट २ सय ७० ट्याब्लेट नियन्त्रित ला’गूऔ’ष’ध नाईट्राभेट सहित प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बल नेपाल समेतको संयुक्त टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा लुकाई ल्याएको उक्त ला’गूऔ’षध सहित पक्राउ गरेको हो । आइतबार राति पक्राउ परेका दुवै जनामाथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि, न्यूनचापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले नेपालमा बङ्गालादेश र आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावका साथै अरब सागर तथा आसपासमाको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गदै प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मङ्गलबार देशभर आंशिक बदली रही गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव एक डिग्री र अधिकतम तापक्रम २१ दशमलव चार डिग्री सेल्सियस छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस तीन दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment