Comments Add Comment

Advertisment

SKIP THIS

पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने २५९ चालकको अनुमतिपत्र निलम्बन

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने २ सय ५९ जना सवारी चालकहरूका सवारी चालक अनुमतिपत्र निलम्बनको लागि सोमबार यातायात व्यवस्था विभाग, मीनभवन पठाएको छ ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने शर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुर गरेको हुँदा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि आज यातायात व्यवस्था विभाग पठाइएको ट्राफिक प्रहरीले जनाएको छ।

निलम्बनका लागि पठाइएका सवारी चालक अनुमतिपत्रमध्ये ३६, ३०, २८, १९, १८ र १७ पटक १–१ जना, २३, २० र १६ पटक २–२ जना, २१ पटक ३ जना, १५, ११ र १० पटक ११–११ जना, १४ पटक ५ जना, १३ पटक ९ जना, १२ पटक ८ जना, ९ पटक २४ जना, ८ पटक ३४ जना, ७ पटक ५० जना, र ६ पटक ८१ जना चालकहरू ट्राफिक प्रहरीको कारबाहीहीमा परेका थिए।

ट्राफिक नियम उल्लंघन गरेको कारणले धेरैजसो सवारी दुर्घटना हुने गरेकाले सुरक्षित यात्राका लागि ट्राफिक नियम उल्लंघन नगरी सवारी साधन चलाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अनुरोध गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै