प्रहरी उपरीक्षक (एसपी) दयनीधि ज्ञवालीले जिल्ला प्रहरी कार्यालय बागलुङ प्रहरीको कमाण्ड सम्हालेपछि विभिन्न मुद्दामा फरार रहेका अभियुक्तहरु धमाधम पक्राउ पर्ने थालेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङले अदालतबाट विभिन्न समयमा कैद, दण्ड र जरिवाना तोकिएका २० जना फरार अपराधीहरूलाई एक महिनामा पक्राउ गरेको छ ।
स्थानीय तह निर्वाचन पश्चात विभिन्न कसूरमा कैद, दण्ड, जरिवाना तोकिएका २० जना फरार अपराधीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिएका छन् ।
एसपी दयनीधि ज्ञवालीको कमाण्डसंगै पछिल्लो समयमा बागलुङ प्रहरीले फरार अभियुक्तहरुलाई धमाधम पक्राउ गर्दै फैसला कार्यान्वयनका लागी जिल्ला अदालतमा बुझाउदै आएको छ ।
‘फरार अभियुक्तहरूको कुल ६ वर्ष ११ महिना १९ दिन र कुल जरिवाना रकम रु.५ लाख १२ हजार ४५ रुपियाँ लगत कट्टाको लागि जिल्ला अदालत बागलुङमा पठाइएको छ’, सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक (डीएसपी) ईन्द्रबहादुर रानाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका– १२ का ४० वर्षीय प्रकाश शर्मा रहेका छन् । शर्माले वैदेशिक रोजगार ठगी मुद्दामा १ वर्ष ५ महिना २४ दिन कैद सजाय पाएका छन् । बागलुङ नगरपालिका– ३ बस्ने २५ वर्षीय सविन पाइजा लागुऔषध मुद्दामा २ हजार जरिवाना सजाय पाएका छन् ।
तमानखोला गाउँपालिका–२ का ४० वर्षीय जालप्रसाद छन्त्याल हात हतियार मुद्दामा ३ महिना ६ दिन सजाय पाएका छन् । बागलुङ नगरपालिका– ४ का १८ वर्षीय सन्दीप चर्माकारविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा ९ महिना १२ दिन कैद र १५ हजार जरिवाना फैसला भएको छ ।
बागलुङ नगरपालिका– १ बस्ने रामबहादुर रेग्मीलाई जुवा कसुर मुद्दामा ७५ रुपियाँ जरिवाना भएको छ । बागलुङ नगरपालिका–१ बस्ने हीराबहादुर पाइजालाई जुवा कसुरमा ७५ रुपियाँ जरिवाना भएको छ ।
बागलुङ नगरपालिका–१ बस्ने हीराबहादुर पाइजालाई जुवा कसुरमा ७५ रुपियाँ जरिवाना भएको छ । जैमिनी नगरपालिका–१० बस्ने ४४ वर्षीय रोमन छन्त्याललाई बैङ्किङ कसुरमा ५ दिन कैद र २ लाख ९५ हजार जरिवाना भएको छ ।
बागलुङ नगरपालिका–८ बस्ने ३८ वर्षीय सुरेन्द्र खड्कालाई वहुविवाहमा २ वर्ष कैद र १० हजार जरिवाना भएको छ । ढोरपाटन नगरपालिका–४ बस्ने ३० वर्षीय खगेन्द्र सुनारलाई हातहतियार खरखजना कसुरमा ५९ हजार ५ सय ५० रुपियाँ जरिवाना भएको छ ।
ढोरपाटन नगरपालिका–५ बस्ने ३२ वर्षीय वीरेन्द्र श्रीपालीलाई पशुपंक्षीसम्बन्धि कसुरमा ३ महिना २० दिन कैद भएको छ । गल्कोट नगरपालिका–७ बस्ने ३० वर्षीय ईश्वर थापालाई सवारी ज्यानमा २ हजार जरिवाना भएको छ ।
ढोरपाटन नगरपालिका–४ मा २५ वर्षीय लुत्रमान श्रीपालीलाई पशुपंक्षीसम्बन्धि कसुरमा ३ महिना २० दिन कैद भएको छ । ताराखोला गाउँपालिका–५ बस्ने ३७ वर्षीय यमबहादुर घर्ती मगरलाई हातहतियार खरखजना कसुरमा ५ महिना १३ दिन कैद र ५ हजार जरिवाना भएको छ ।
ताराखोला गाउँपालिका–५ बस्ने ४४ वर्षीय टेकबहादुर रोकालाई हातहतियार खरखजना कसुर ५ महिना १३ दिन कैद र ५ हजार जरिवाना भएको छ । ताराखोला गाउँपालिका –५ बस्ने ५० वर्षीय चित्रराज कंडेललाई हातहतियार खरखजना कसुरमा ५ महिना १३ दिन कैद र ५ हजार जरिवाना भएको छ ।
ताराखोला गाउँपालिका–५ बस्ने ३० वर्षीय खिमानन्द कंडेललाई हातहतियार खरखजना कसुर ५ महिना १३ दिन कैद र ५ हजार जरिवाना भएको छ । बागलुङ नगरपालिका –८ बस्ने ३३ वर्षीय सुरेन्द्र घर्ती थापा जिसीलाई सार्वजनिक अपराधमा ४ हजार ४ सय ५० रुपियाँ जरिवाना भएको छ ।
गल्कोट नगरपालिका–८ बस्ने २७ वर्षीय लालबहादुर गलामीलाई चोरी कसुरमा ४३ हजार ८ सय ८१ रुपियाँ जरिवाना भएको छ ।
बागलुङ नगरपालिका–७ बस्ने ३६ वर्षीय राजु मल्ललाई चोरी कसुरमा ६ हजार चार रुपियाँ जरिवाना भएको छ ।
जिल्ला अदालत बागलुङबाट कैद र दण्ड सजाय पाएका उनीहरू फरार रहेका थिए । एसपी ज्ञवालीले फरार रहेका सबैको सूची तयार पारेर धमाधम पक्राउ गरेर अदालतमा बुझाएका छन् । स्थानीय तहको निर्वाचन अगाडि पनि फरार अपराधीहरूलाई बागलुङ प्रहरीले पक्राउ गरेर अदालतमा बुझाइ सकेका छ । 






