Comments Add Comment

Advertisment

SKIP THIS

थप २६० जनामा कोरोना संक्रमण

३० असार , काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको २ हजार २७ पिसिआर परीक्षणका क्रममा २ सय १४ जना र १ हजार ८ सय १७ एन्टीजेन परीक्षणका क्रममा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ४८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ८ सय ५८ जना निको भएका छन् ।

हाल नेपालमा १ हजार १ सय ७१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै