श्रम काउन्सेलर तथा श्रम सहचारी नियुक्तिमा नयाँ मापदण्ड लागू -
Comments Add Comment

Advertisment

SKIP THIS

श्रम काउन्सेलर तथा श्रम सहचारी नियुक्तिमा नयाँ मापदण्ड लागू

३० जेठ , काठमाडौ । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले चार देशका लागि काउन्सेलर (श्रम) तथा श्रम सहचारीका लागि आवेदन खुला गरेको छ ।

जेठ १९ मा सूचना निकाल्दै नेपाली राजदूतावास रियाद, साउदी अरेयिबा र नेपाली राजदूतावास अबुधावी संयुक्त अरव इमिरेट (यूएई) का लागि १-१ जना उपसचिव सरहको काउन्सेलर (श्रम) का लागि आवेदन खुला गरेको छ ।

यस्तै नेपाली राजदूतावास मनामा, बहराइन र नेपाली राजदूतावास दोहा, कतारका लागि शाखा अधिकृत सरहको श्रम सहचारी एक(एक जना मागिएको छ ।

एक पटक काउन्सेलर (श्रम) तथा श्रम सहचारीमा रहेर काम गरिसकेको कर्मचारीले पुनस् दोहोर्‍याउन नपाउने भएका छन् । मन्त्रालयले भर्खरै सार्वजनिक गरेको ‘काउन्सेलर ९श्रम० तथा श्रम सहचारी छनौट तथा नियुक्ति सम्बन्धी मापदण्ड, २०८१’ मा यस्तो व्यवस्था गरिएको हो ।

मापदण्डअनुसार छनौटको सूचना प्रकाशन भएको मितिदेखि अनिवार्य अवकाशको अवधि दुई वर्षभन्दा कम भएको कर्मचारी बन्न नपाउने भएका छन् । निजामती सेवाको उपसचिव सरहको अधिकृतस्तरको पदमा कम्तिमा तीन वर्ष सेवा पूरा गरेकोले मात्रै काउन्सेलर बन्न पाउने छन् । श्रम सहचारीमा अधिकृतस्तरको पदमा कम्तीमा ३ वर्ष काम गरेका योग्य हुन्छन् ।

सूचना प्रकाशन हुँदा पछिल्लो एक वर्षमा विभागीय सजाय पाएको, कुनै कसुरको अभियोगमा अनुसन्धानका लागि थुनामा वा निलम्बनमा रहेको अवधिभर पनि काउन्सेलर (श्रम) तथा श्रम सहचारी नियुक्तिका लागि योग्य मानिने छैन । यस्तै छनौटको सूचना प्रकाशन भएको मितिदेखि लगत्तै अघिको दुई वर्षको अवधिमा पटक(पटक वा एकमुष्ट रुपमा ६ महिनाभन्दा बढी बेतलवी वा असाधारण बिदा बसेकोलाई पनि अयोग्य ठहराइएको छ ।

काउन्सेलर (श्रम) तथा श्रम सहचारी नियुक्ति सिफारिस गर्न सहसचिव एवं प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा छनौट तथा नियुक्ति सिफारिस समिति रहने व्यवस्था छ । सदस्यमा सहसचिव एवं रोजगार व्यवस्थापन महाशाखा प्रमुख, मन्त्रालयका सचिवले तोकेको एकजना महाशाखा प्रमुख वा सहसचिव सदस्य रहनेछन् भने मन्त्रालयको प्रशासन शाखाको उपसचिव सदस्य सचिव रहनेछन् । प्रशासन शाखाको उपसचिव उम्मेदवार हुने भएमा सचिवले तोकेको अन्य शाखाको उपसचिवस्तरको कर्मचारी सदस्य सचिव रहनेछ । सदस्य सचिव समान पदको मूल्यांकनमा सहभागि हुने छैन ।

मापदण्ड अनुसार ज्येष्ठता र अनुभवबाट १५ अंक, अग्रेजी भाषा ज्ञानबाट १० अंक, व्यवसायिक कार्ययोजना र प्रस्तुतीकरणमा १० अंक दिइनेछ । व्यवसायिक कार्ययोजना र प्रस्तुतिकरण अन्तरगत व्यवसायिक कार्ययोजनाको मूल्यांकनको पाँच अंक र प्रस्तुतीकरणको मूल्यांकनको पाँच अंक रहेको छ ।

यस्तै सचिवको मूल्यांकन पाँच अंक गरेर जम्मा ४० अंक रहनेछ । ज्येष्ठता र अनुभवको अंक गणना गर्दा अहिलेको पदमा काम गरेको प्रत्येक वर्षको तीन अंकका दरले तीन वर्षको ज्येष्ठता वापत बढीमा नौ अंक, अहिलेको पदमा मन्त्रालय र अन्तरगत निकायमा काम गरेको प्रत्येक वर्षको तीन अंकका दरले दुई वर्षको नुभव वापत बढीमा ६ अंक दिइनेछ भने ज्येष्ठता र अनुभवबापत अंक गणना गर्दा एक वर्षभन्दा बढी महिना वा दिनका लागि दामासाहीको हिसावले अंक दिइने कार्यविधिमा व्यवस्था छ ।

वैदेशिक रोजगार ऐन तथा नियमावली र अन्य प्रचलित कानून बमोजिमको जिम्मेवारी पूरा नगर्नेलाई मन्त्रालयले जुनसुकै बेला पनि फिर्ता बोलाउन सक्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै