१० चैत , काठमाडौ । सत्तारुढ नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीका पदाधिकारी चुनावबार्ट चयन गरिएको छ । अध्यक्ष बाहेक पदाधिकारीका लागि निर्वाचन गरिएको छ ।
अध्यक्षमा भने गत मंसिर २७ मा भएको अधिवेशनबाटै गायत्री गुरुङ सर्वसम्मत निर्वाचित भइसकेकी छन् । त्यतिबेला उनको अध्यक्षतामा २०१ सदस्यीय प्रदेश कमिटी बने पनि अन्य पदाधिकारी चयनमा सहमति हुन सकेको थिएन ।
त्यसैले भर्खरै सम्पन्न निर्वाचनबाट माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्ष १ चयन गरिएको पार्टी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार निर्वाचनबाट चयन भएका माओवादी केन्द्र गण्डकी प्रदेशका उपाध्यक्षदेखिका पदाधिकारी यस पप्रकार छन्


