११ चैत , काठमाडौं । दाङको घोराहीमा एक पुरुष मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आज बिहान घोराही उपमहानगरपालिका २ बलरामपुरका ५० वर्षीय जितबहादुर चौधरीको शव फेला परेको हो ।
चौधरीको शव मानव निर्मित गौरीशङ्कर तालको किनारमा फेल परेको हो । हिजो बिहीवार दिउँसो भैँसीलाई पानी खुवाउन गएका चौधरी घर नफर्किएपछि आफन्तले उनको खोजी गरिदिन प्रहरीलाई खबर गरेका थिए ।
तालमा नुहाउने क्रममा डुबेर चौधरीको ज्यान गएको हुन सक्ने प्रहरीले आशङ्का गरेको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



