Comments Add Comment

Advertisment

SKIP THIS

रुम्जाटार विमानस्थलको धावनमार्गमै मोटरसाइकल ‘ट्रायल’ गर्छन् कर्मचारी

२० फागुन , काठमाडौ । करोडौँ खर्च गरेर कालोपत्रे गरिएको रुम्जाटार विमानस्थलमा पछिल्लो ४ वर्षयता एउटा पनि उडान भएको छैन ।

धावनमार्गमा उडान नभएपछि सर्वसारधरणले गुमफिर गर्ने, सेल्फी खिच्ने र टिकटक बनाउने गरेको त सामान्य जस्तो नै भैसकेको छ । तर हुँदाहुँदा अहिले त विमानस्थलमै मोटरसाईकल सिक्ने र सिकाउने थलो बनेको पाइएको छ ।

शुक्रबार विमानस्थलमा घुम्न गएका केही विद्यार्थीले तस्वीर खिच्ने क्रममा एउटा अचम्मको दृश्य कैद भयो । दृश्यमा धावनमार्गमै एउटाले मोटरसाइकल सिकाएको र अर्कोले सिकिरहेको देखिन्छ । मोटरसाईकल सिक्ने र सिकाउने मध्ये एकजना प्रहरीकै पोशाकमा थिए भने अर्का एकजना सादा पोशाकमा छन ।

दुवैजना विमानस्थल सुरक्षामा खटिएका कर्मचारी जस्तै देखिन्छन् । उनिहरुले चलाएको मोटरसाइकल पनि सेतो प्लेट अर्थात सरकारी नै छ । दृश्यमा उक्त मोटरसाईकलको नम्बर प्रष्ट नदेखिएको भएपनि नम्बर प्लेट सेतो भएकाले सरकारी नै हो भनेर सहजै अनुमान गर्न सकिन्छ ।

उनिहरुले पहिल्यै देखी धावनमार्गमा मोटरसाईकल सिक्ने र सिकाउने गरेको हो की रु पहिलो पटक हो रु भन्ने बारे भने एकिन भैसकेको छैन । विमानस्थलमा घुम्न गएका विद्यार्थीहरुलाई भने उनिहरुले छिटो छिटो बाहिर जानु भन्दै राम्रोसंग घुम्न समेत नदिएको ति विद्यार्थीहरुले बताएका छन् ।

रुम्जाटार विमानस्थल सुरक्षाका लागि भनेर असई भुपेन्द्रप्रसाद मण्डलको कमाण्डमा अहिले ७ जना प्रहरी परिचालित छन । विमानस्थलमै मोटरसाईकल सिकेको र सिकाईएको बारे विमानस्थल सुरक्षा प्रमुख मण्डलले भने बुझेर प्रतिक्रिया दिईने बताए ।

धावनमार्गमा त्यस्तो गर्न नपाईने भन्दै उनले मोटरसाईकल सिक्ने र सिकाउने दुवैलाई अनुसन्धान गरेर कारबाही हुने समेत बताएका छन । विमानस्थलमा अहिले नागरिक उड्ययन प्राधिकरणका एकजना कार्यालय सहयोगी बाहेक अन्य कोहि पनि कर्मचारी छैनन् ।

मोटरसाईकल सिक्ने र सिकाईएको बारे बिमानस्थल सुरक्षा प्रमुखसंग प्रतिक्रिया लिएको केहि समयपछि कार्यालय सहयोगी राजकुमार राईले टेलिफोन गरेर उक्त मोटरसाईकल विमानस्थल कर्मचारीकै प्रयोजनको रहेको बताए ।

कार्यालयमा नागरिक उड्ययन प्राधिकरणका प्रतिनिधी (कर्मचारी) नभएको र मोटरसाईकल पार्किङमा राखेको लामो समय भएकाले मोटरसाईकल सिक्ने र सिकाउने नभई विग्रिन सक्छ भनेर स्टार्ट गरेर विमानस्थलकै छेउछाउ कुदाइएको तर धानवमार्गमा नलगिएको उनले दाबी गरे ।

उनका अनुशार मोटरसाईकल विमानस्थल सुरक्षामा खटिने कर्मचारीले नै चलाएका हुन् । उनले धावनमार्गमा नलगिएको दाबी गरे पनि दृश्यमा धानवमार्गमा मोटरसाईकल चलाएको प्रष्ट देखिन्छ ।

नियमित उडान हुने विमानस्थलमा सामान्य रुपमा सर्वसाधरणले हिँडडुल गर्न समेत पाईँदैन । रुम्जाटार विमान स्थलमा पछिल्लो समय उडान त हुँदैन तर उडान भएको छैन भन्दैमा यतिसम्म लापरबाही गर्न पनि छुट छैन होला कि रु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै