Comments Add Comment

Advertisment

SKIP THIS

चिनियाँ विदेशमन्त्रीले गरे शिवपुरीमा हाइकिङ

१२ चैत , काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले काठमाडौँको शिवपुरी डाँडामा हाइकिङ गरेका छन् ।

शुक्रबार अपराह्न काठमाडौं आइपुगेका वाङ शनिबार बिहानै हाइकिङका लागि काठमाडौँको उत्तरपश्चिम कुनामा रहेको शिवपुरी डाँडातर्फ लागेका थिए।

बत्तिसपुतलीस्थित होटल द्वारिकाजबाट बिहान साढे ७ बजे निस्किएका वाङ गौशाला, ज्ञानेश्वर, केशरमहल, लैनचौर, सोह्रखुट्टे, बालाजु नागार्जुन हुँदै गाडीमा तीनपिप्ले मुनि पुगेर डाँडातिर पैदल उक्लिएका थिए ।

नेपालको तीन दिने भ्रमणमा आएका उनले त्यहाँबाट होटल फर्केर समकक्षी नारायण खड्का र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने तालिका छ । अघिल्लो पटक नेपाल आउँदा उनी नगरकोट हाइकिङ गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै