१२ चैत , काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिलाई कमाई खाने माध्यम बनाउनेहरूका कारण जनता निराश भएको बताएका छन्।
काठमाडौँको बानेश्वरमा ‘घर(घर जाऊँ, कांग्रेस जिताऔँ’ अभियानका क्रममा उनले भने, ‘राजनीति विशुद्ध समाजसेवाको क्षेत्र मात्रै हो।’
नेपालका कम्युनिष्टहरुको दोहोरो चरित्रका कारण समस्या निम्तिएको भन्दै उनले सत्ता र शक्तिमा रहेकाहरुले देशको हितलाई ध्यानमा राखेर काम गरेमा नागरिकले चाहे अनुसारको समृद्धि प्राप्त हुनेमा जोड दिएका छन्।
स्थानीय निर्वाचनमा गठबन्धन गर्नेरनगर्ने विषयमा केन्द्रीय समिति बैठकले आवश्यक निर्णय गर्ने बताएका छन् ।


