Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुरमा बलात्कार आरोपमा एक युवक पक्राउ

१३ चैत , काठमाडौं । भक्तपुरको नगरपालिका–६ स्थित डेकोचाबाट प्रहरीले बलात्कार आरोपमा एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–४ मैदी घर भएका २२ वर्षीय राज परियार छन् ।

१५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा शनिबार राति उनलाई पक्राउ गरिएको भक्तपुर परिसरका डिएसपी राजु पाण्डेले रातोपाटीलाई बताए । १५ वर्षीया किशोरी र राजु गाउँबाट काठमाडौंमा आएर लिभिङ टुगेदर बस्न थालेका थिए ।

उमेर नपुगेका कारण विवाह गर्नेबारे असमझदारी भएपछि किशोरीका परिवारले उनीविरुद्ध बलात्कारको उजुरी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment