Comments Add Comment

Advertisment

SKIP THIS

अष्ट्रेलिया प्रवेश पीसीआर रिपोर्ट नचाहिने

१३ चैत , काठमाडौं । अष्ट्रेलिया प्रवेश गर्न अब पीसीआर रिपोर्ट नचाहिने भएको छ । अष्ट्रेलियाका प्रमुख विमानसेवा कम्पनीका अधिकारीसँगको छलफलपछि त्यहाँका स्वास्थ्यमन्त्री ग्रेग हन्टले विदेशी यात्रुले अष्ट्रेलिया प्रवेश गर्नुअघि पीसीआर परीक्षणको व्यवस्था हटाइएको जानकारी दिएका हुन् ।

‘अहिले अष्ट्रेलियामा प्रवेश गर्नको लागि उडानपूर्व पीसीआर परीक्षण अनिवार्य छ, अब अष्ट्रेलिया आगमनको लागि उडानपूर्वको पीसीआर परिक्षण गरिरहन पर्दैन ।’ मन्त्री हन्टले भने ।

कोरोना भाइरसविरुद्ध खोपको तीव्रतासँगै महामारीको जोखिम कम भएको अनुमानसहित नयाँ व्यवस्था गरिएको बताइएको छ । यद्यपि मास्कको प्रयोगलाई अनिवार्य गर्ने व्यवस्थालाई भने निरन्तरता दिइएको अष्ट्रेलियाबाट प्रकाशित हुने नेपाली समाचार पोर्टल नेपालट्युबले जनाएको छ ।

अहिले अष्ट्रेलियन नागरिक र त्यहाँ स्थायी बसोबास गर्नेहरुका लागि खोप नभएपनि प्रवेश अनुमति दिइँदै आइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै