३२ साउन ,काठमाडौ । नेपाल प्रहरीका ९५८ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको सरुवा भएको छ ।
प्रहरी महानिरीक्षक (आईजी) बसन्त कुँवरको ३० साउनको निर्णयबाट इन्स्पेक्टरहरूको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
लामो रस्साकस्सीको बीच इन्स्पेक्टरहरुको सरुवा भएको हो । यसअघिकै आईजी धिरज प्रताप सिंहको कार्यकालमा इन्स्पेक्टरहरूको सरुवा निकाल्न खोजेपनि भएको थिएन ।
यसअघिको सरुवा मापदण्डलाई नै संशोधन गरेर इन्स्पेक्टर सरुवा निकालिएको हो । सिंहले सरुवाको मापदण्ड विपरित धमाधम करिब १८० बढीलाई इन्चार्ज दिएपछि इन्स्पेक्टरसरुवा निकाल्न सकस भएको थियो ।
को कहाँ पुगे ?



