Comments Add Comment

Advertisment

SKIP THIS

कालिमाटी प्रहरीले ४३ ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित तीन लागूऔषध कारोबारी पक्राउ

१४ चैत , काठमाडौं । कालिमाटी प्रहरीले ४३ ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित तीन लागूऔषध कारोबारीलाई पक्राउ गरेको महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख डिएसपी अनिल कुमार घिमिरेले बताए ।

पक्राउ पर्नेमा भारत लखनउ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने मोहमद गुफरान, अह्यान अन्सारी र ललितपुर उपमहानगरपालिका-४ धोबीघाट बस्ने गणेश रजक रहेका छन् ।

 

आइतबार साँझ कलंकीमा अवैध रुपमा लागूऔषध कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख डीएसपी अनिल घिमिरे कमाण्डको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उनीहरुको साथबाट ४३ ग्राम ब्राउन सुगर, २ थान तौल गर्ने तराजु, २ लाख ४५ हजार नगद, ४ थान मोबाइल र एक थान मोटरसाइकल बरामद गरेको छ ।

पक्राउ परेका तीनैजनामाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी बृत्त कालिमाटीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै