Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी उमेशराज जोशीद्वारा प्रदुषणबाट उत्पन्न ट्राफिक प्रहरीको स्वास्थ्य समस्या न्यूनीकरण कार्यक्रमको उद्घाटन

१४ चैत , काठमाडौ । महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरमा संचालन ३ दिने प्रदुषणबाट उत्पत्न स्वास्थ्य समस्या न्युनिकरण (नस्य कर्म) कार्यक्रममा ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई अमुल्य निर्देशन दिदै उद्घघाटन गर्नु भएको थियोे ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, ललितपुर र ट्राफिक प्रहरी महाशाखाको संयुक्त आयोजनामा महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुर सातदोबाटोको सभाकक्षमा “ट्राफिक प्रहरीका लागि प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण (नश्यकर्म)” ३ दिने प्रशिक्षण कार्यक्रम ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीको प्रमुख आतिथ्यतामा सिनियर प्रहरी अधिकृत र जुनियर प्रहरी अधिकृत प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको उपस्थिति सहित एक समारोहका विच उद्घाटन गरिएको छ ।

उक्त कार्यक्रममा प्रदुषणबाट उत्पन्न स्वास्थ्य समस्या न्युनिकरण (नस्य कर्म) कार्यक्रममा महानगरीय ट्राफिक परिसर कार्यालयका प्रमुख प्रहरी निरीक्षक नरेश बहादुर शाहीले उपस्थित अतिथिहरुलाई खादा लगाएर स्वागत गर्नुभएको थियो । उक्त कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरका आयुर्वेद चिकित्सक डा.सृष्‍टी श्रेष्‍ठले कार्यक्रमका बारेमा थप स्पष्‍ट पार्नुभएको थियो । कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी बृत सातदोबाटो ललितपुरका प्रमुख प्रहरी नायब मदन के.सी.,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरका प्रतिनिधिहरु,सञ्चारकर्मी र अन्य अतिथिहरुको उपस्थिती रहेको र उक्त कार्यक्रममा यस परिसर मातहत समेतका जम्मा ५० जना ट्राफिक प्रहरी कर्मचारीको सहभागिता रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै