Comments Add Comment

Advertisment

SKIP THIS

रुबलमा रुसी ग्यासको कारोबार नगर्न जापानी कम्पनीहरूलाई आग्रह

१५ चैत , काठमाडौं । जापान सरकारले रूसी तरल प्राकृतिक ग्यास एलएनजीको लागि रुसी मुद्रामा कारोबार नगर्न कम्पनीहरूलाई आग्रह गरेको छ । जापानका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले पत्रकारहरूलाई बताए अनुसार रुसी ग्यासका लागि रुसी मुद्रा रुबलमा कारोबार नगर्न जापानी कम्पनीहरूलाई आग्रह गरिएको हो ।

‘अहिलेसम्म त्यस किसिमको कारोबार गर्ने बारे सूचनाहरू छैनन् ताकि जापानी कम्पनीहरूसँग रूसबाट एलएनजीको आपूर्तिको लागि विद्यमान सम्झौताहरू रूबलमा रूपान्तरणको आवश्यकतामा पर्नेछ। यद्यपि त्यस्ता मागहरू प्राप्त भएमा जापानी सरकारले कम्पनीहरूलाई रुबलमा कारोबार गर्न सहमत नहुन आग्रह गर्न चाहन्छ।’ मात्सुनोलाई उद्धृत गर्दै रुसी समाचार संस्था स्पुत्निकले जनाएको छ ।

युक्रेनमाथि आक्रमण गरेको दण्डस्वरूप पश्चिमा मुलुक एवम् विश्वका अन्य आर्थिक महाशक्ति मुलुकहरुले रुसमाथि प्रतिबन्धको घोषणा गरेपछि रुसको अर्थतन्त्र अत्यन्त नराम्ररी प्रभावित भएको छ ।

रुसले यसअघि आफ्नो उर्जा निर्यातको भुक्तानी रुबलमा गर्नेबारे तयारी गरिरहेको समाचार सार्वजनिक भएको थियो । त्यसबाहेक रुसले चीन टर्की जस्ता रुसका व्यापारिक साझेदार मुलुकहरुले रुसी उर्जाको भुक्तानी अमेरिकी डलरको सट्टा स्थानीय मुद्रा मै वा बिट्कोइन जस्ता क्रिप्टोकरेन्सीमार्फत गर्न सक्ने समेत जनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment