१७ चैत , काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक बसेको हो ।
कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन गर्ने निर्णय गरेसँगै सत्ता गठबन्धनको बैठक बसेको हो ।
बिहीबारको बैठकमा गठबन्धनबीच चुनावी तालमेलबारे सैद्दान्तिक र नीतिगत विषयमा छलफल हुने नेताहरुको भनाइ छ ।
गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी रहेका छन् ।







