Comments Add Comment

Advertisment

SKIP THIS

स्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित २ जना सशस्त्र प्रहरीको फन्दामा

१८ चैत , काठमाडौ । महोत्तरी जिल्लाको सोनमा गाउँपालिका-३ स्थित सीमा ईलाकाबाट शुक्रबार सशस्त्र प्रहरीले स्रोत नखुलेको ८ लाख १५ हजार नेपाली रुपैयाँसहित सोही ठाउँ बस्ने २४ बर्षिय सुनिल महतो र २६ बर्षिय अनिल महतोलाई पक्राउ गरेको छ ।

प्रदेश नम्बर ०२-०२-००२ प ९३५ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी रघुनाथपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेला परेको उक्त रुपैयाँको स्रोत नखुलेपछि पक्राउ गरिएको हो ।

त्यसवेला सो मोटरसाइकल समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै