Comments Add Comment

Advertisment

SKIP THIS

बागमती प्रदेश उच्च शिक्षा ऐन २०७८ कार्यान्वयनमा

२१ चैत , कामठमाडौ । बागमती प्रदेश उच्च शिक्षा ऐन २०७८, कार्यान्वयनमा आएको छ । ऐन कार्यान्वयनमा आएसंगै प्रदेश सरकारले आवश्यक काम समेत अघि बढाएको छ ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेको अध्यक्षतामा आइतबार बसेको प्रदेश उच्च शिक्षा परिषद्को पहिलो बैठकले ऐन प्रभावकारी कार्यान्वयनका लागि प्राथमिकताका साथ थप काम अघि बढाउने निर्णय गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता रुद्रहरि भण्डारीले जानकारी दिए ।

प्रदेशसभाले सो ऐन गत चैत १४ गते जारी गरेको थियो । बैठकमा परिषद्का उपाध्यक्ष एवं सामाजिक विकासमन्त्री कुमारी मोक्तान, प्रमुख सचिव मुकुन्दप्रसाद निरौला, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णराज पन्त, सामाजिक विकास मन्त्रालयका सचिव श्रीकृष्ण नेपाललगायतको उपस्थिति थियो ।

उद्योग वाणिज्य सङ्घबीच सहकार्य

आर्थिक नगरी वीरगञ्ज उद्योग वाणिज्य सङ्घ र मकवानपुर उद्योग वाणिज्य सङ्घबीच व्यापारिक विस्तार र आपसी समन्वय तथा सहकार्यको लागि दुई सङ्घबीच आपसी सम्झौता भएको छ ।

व्यापारिक अवसर, सम्भावना र समस्यालाई सम्बद्ध सङ्घले घनिभूतरुपमा आ–आफ्नो संस्थामार्फत एकीकृतरुपमा उठान गरी सरोकारवाला निकायसमक्ष पु¥याउन संस्थागतरुपमा प्रभावकारी पहल गर्ने उद्देश्यले दुई सङ्घबीच सम्झौता भएको हो ।

वीरगञ्जको आर्थिक, सामाजिक महत्व, यसले बोकेको सम्भावना दर्शाउँदै वीरगञ्जले मुलुककै आर्थिक उन्नयनका लागि खेलेको भूमिका खेल्ने भएकाले आवश्यक व्यापार व्यवसाय सहजीकरणका लागि यस्तो सम्झौता गरिएको वीरगञ्ज उवासङ्घका अध्यक्ष डा सुबोधकुमार गुप्ताले जानकारी दिए ।

आ–आफ्ना क्षेत्रका विषयगत अवसर, सम्भावना र समस्यालाई एक–अर्का सङ्घबीच साझा गर्न र समाधानको पाटोमा एक भई समस्या समाधान गर्ने उद्देश्यले ती दुई वाणिज्य सङ्घसँग यस्तो सम्झौता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै