Comments Add Comment

Advertisment

SKIP THIS

नेप्से परिसूचकमा ४६.४६ अंकको गिरावट

२२ चैत , काठमाडौं । आज सेयर बजार परिसूचक नेप्सेमा करिब २ प्रतिशतको गिरावट भएको छ ।

आज सुरुवातबाटै ओरालो लाग्ने क्रममा रहेको नेप्से १.८६ प्रतिशतले गिरावट भएर बन्द भएको छ । मंगलबरार बजार परिसूचक ४६.४६ अंकले गिरावट भएर २४५२.०६ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भए पनि कारोबार रकम भने बढेको छ ।

कारोबार रकम आज बढेर दुई अर्ब ६७ करोड पुगेको छ । आज हिमालयन डिस्टिलरीको साढे नौ करोडमाथिको कारोबार हुँदा नबिल बैंकको साढे आठ करोडभन्दा माथि र नेपाल लाइफको आठ करोडभन्दा माथिको कारोबार भएको छ । आज बजारमा कुल १९५ कम्पनीको सेयर कारोबार हुँदा १८३ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ भने १० कम्पनीको बढेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

कारोबारमा आएका मध्ये राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्धि लघुवित्तको सेयर मूल्य बढेर सर्किट लेभलमा बन्द हुँदा जालपा सामुदायिक लघुवित्तको ६.०७ प्रतिशतले बढेको छ । इमर्जिङ नेपालको सेयर मूल्य घटेर नकारात्मक सर्किट लेभलमा बन्द हुँदा नारायणी डेभलपमेन्ट बैंकको ६.३७ प्रतिशत र युनाइटेड इर्दी मार्दी एन्ड आरबी कम्पनीको ६.०१ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment