२५ चैत , काठमाडौं । काठमाडौँको चावहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत नीला राई गोकर्णेश्वर नगरपालिका–४ स्थित शहिदपार्क जगडोलस्थित सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेकी छन् ।
प्रहरीका अनुसार भोजपुरको हतुवागढी गाउँपालिका–२ घर भएकी २७ वर्षीया राई काठमाडौँ महानगरपालिका–६ सरस्वतीनगर बस्दै आएकी उनको शव हिजो साँझ सो जंगलमा फेला परेको हो ।
शवलाई पोष्टमार्टमका लागि फरेन्सिक मेडिसिन विभाग महाराजगंजमा पठाइएको प्रहरीले जनाएको छ । मृतकको बाया हातको नाडीमा भित्री हड्डी समेत देखिने गरी नशासहित काटेको घाउ रहेको पाइएको छ । घटनास्थलमा बिषादीको बट्टा र धारीलो ब्लेडसमेत फेला परेको छ भने घटनाबारे ठप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



