Comments Add Comment

Advertisment

SKIP THIS

जाजरकोटमा टाइफाइडविरुद्धको खोप दुई चरणमा लगाइने

२६ चैत , काठमाडौं । जाजरकोटमा टाइफाइडविरुद्धको खोप दुई चरणमा लगाइने भएको छ ।

पहिलो चरणमा आज शनिबारदेखि ४ वैशाखसम्म भेरी र नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा सञ्चालन हुने भएको छ।

दोस्रो चरणमा आइतबारबाट ९ वैशाखसम्म नलगाड नगरपालिका, शिवालय, जुनीचाँदे र कुशे गाउँपालिका खोप अभियान चल्नेछ ।

शुक्रबार कुदुबाट टाइफाइडविरुद्धको खोप अभियानको शुभारम्भ गरिएको थियो । भगवती माविमा आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका संयोजक मनबहादुर रावल र स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख नवराज कँडेलले खोप अभियानको शुभारम्भ गरेका थिए ।

सरकारले १५ महिनादेखि १५ वर्ष उमेर समूहका सबै बालबालिकालाई यो खोप अभियानमा समेट्ने लक्ष्य लिएको छ । जाजरकोटका सात पालिकाका उक्त उमेर समुहका ७६ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी भएको कार्यालय प्रमुख कँडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै