Comments Add Comment

Advertisment

SKIP THIS

सेनाका पुराना हतियार सशस्त्र प्रहरीलाई हस्तान्तरण

७ चैत , काठमाडौं । नेपाली सेनाले आफ्ना पुराना हतियार सशस्त्र प्रहरीलाई दिन थालेको छ । सैनिक मुख्यालयमा आइतबार आयोजित एक कार्यक्रममा केही हतियार हस्तान्तरण गरिएको छ ।

पाँच सय थान इन्सास र ९० थान लाइट सर्पाेट वेपन प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई हस्तान्तरण गरेका हुन् ।

रक्षासचिव किरण शर्मा तथा गृहसचिव टेकनारायण पाण्डेको उपस्थितीमा हतियार हस्तान्तरण भएको हो । सेनाले नयाँ हतियार किनेर पुराना हतियार नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै