चक्रपथ विस्तार गर्न जनदवाव -
Comments Add Comment

Advertisment

SKIP THIS

चक्रपथ विस्तार गर्न जनदवाव

१७ असार, काठमाडौ । वि.सं.२०७३ सालमा नेकपाको सरकार हुँदा च्रकपथ विस्तारको कार्यक्रम अगाडि बढाइएको थियो र केही किलोमटर चक्रपथको काम सकिएको पनि थियो ।

त्यसपछि सरकार गिराउने र फेरि बन्ने राजनीतिक अस्थिरताको कारणले गर्दा कलंकीबाट चक्रपथ महाराजगञ्जसम्मको सडक विस्तार गर्ने काम विदेशी कम्पनीलाई ठेक्का दिए पनि राजनीतिक इगोका कारण उक्त काम केही मात्र अगाडि बढ्न सकेपनि पछि बन्दै जस्तो भयो र यसको उपलब्धि भनेको जनतालाई धुँवा र धुलो मात्र भयो भन्दै आम जनताहरु सरकारदेखि रुष्ट बनेका छन् र यसलाई समयमा नै सरकारले सम्पन्न गरोस भन्दै केही राजनीतिक दलका नेताहरुको नेतृत्वमा हिजो पनि सडक तताउने काम भयो भने अवका दिनमा पनि आन्दोलन नै गर्ने भन्ने मनसाय रहेको छ ।

तर नेपाली राजनीतिक दलका नेताहरुको एउटा गम्भीर रोग के छ भने आफु सत्तामा हुँदा सम्पर्ण विकासका कामहरु विर्सिदिन्छन् र खाली सत्ता जोगाउनकै लागि तल्लिन हुन्छन् अनि जव सत्ताबाट बाहिर हुन्छन् बल्ल उनीहरुलाई फुर्सद हुन्छ र लोकलाई रिझाउने बहानामा आन्दोलनको बहाना अनि महत्वप७त्रगयतसर्ण विधेयक संसदमा भएपनि संसद चल्न नदिने र होहल्लामा नै विताउने रोगले ग्रस्त मानसिकता भएको कारणले नै हामी नेपाली हरेक विकासको काममा पछाडि परेका हौं ।

त्यसैले यो चक्रपथ त बहाना मात्र हो यहाँ त काठमाण्डौका जनताले वर्षाको समय भएपनि पानी पिउन पाएका छैनन् । हजारौं ट्याकर टाट पल्टिन्छन् भनेर पानीमा पनि राजनीति गर्ने नेपालका नेताहरुको वयान गरिसाध्य छैन ।

त्यसैले कुनैपनि कुराको विरोधको तात्पर्य कुनै ब्यक्ति तथा दलीय स्वार्थमा नभई समग्र रुपमा नेपाली जनताको पक्षमा हुनुपर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment