Comments Add Comment

Advertisment

SKIP THIS

एसएसपी उमेश राज जोशीद्वारा पदोन्नति भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा अन्तर्गतमा रहेका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार बाट प्रहरी बरिष्ठ हवल्दार र प्रहरी जवान बाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति भएको प्रहरी कर्मचारीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित कार्यक्रमकाबीच पदोन्नती भएका प्रहरी कर्मचारीहरुलाई कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक उमेश राज जोशीले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो । एसएसपी जोशीले पदोन्नति भएका प्रहरी कर्मचारीहरूलाई बधाई दिँदै पदोन्नतिसँगै थपिएको जिम्मेवारी पुरा गर्न पूर्ण व्यवसायिक भई इमान्दारिताका साथ कार्यक्षेत्रमा कृयाशिल रहनुपर्ने बताउनुभयो ।

थपिएको नयाँ दर्जामा पदोन्नति हुनुभएकोमा गर्वबोध गर्दै आगामी दिनमा संगठनको गरिमा उच्च पार्न थप क्रियाशिल, जिम्मेवार र समर्पित भई सेवा गर्नहुन निर्देशन दिनुभयो । दर्ज्यानी चिन्ह शुसोभन कार्यक्रममा प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक तथा अन्य ट्राफिक प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै