Comments Add Comment

Advertisment

SKIP THIS

सुर्खेतमा २४ वर्षीय महिला बलात्कृत

३० चैत , काठमाडौं । सुर्खेतमा २४ वर्षीय महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले वीरेन्द्रनगर नगरपालिका–५ कालीका बस्ने ३१ वर्षीय सुग्रीब नेपालीलाई मंगलबार राति पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका–५ कालिका टोल नजिकैको जंगलमा सुग्रीब नेपाली र सोही ठाउँ बस्ने १९ वर्षीय रोशन गुरुङले ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये सुग्रीबलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न हाल फरार रोशन गुरुङको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै