इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति यूएईबाट पक्राउ -
Comments Add Comment

इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति यूएईबाट पक्राउ

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति यूएईबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका, २ सीतापुरका कमल विश्वकर्मा रहेका छन् । उनी वैदेशिक रोजगार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका व्यक्ति हुन् ।

एनसीबी अबुदावी यूएईको समन्वयमा विश्वकर्मालाई यूएईमा पक्राउ गरिएको हो ।

उनलाई कारबाहीका लागि बुधबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै