Comments Add Comment

Advertisment

SKIP THIS

प्रहरी अस्पतालकी एआइजी सिंहको अवकाश, नयाँ प्रमुख को बन्छ ?

९ साउन , काठमाडौ । नेपाल प्रहरी अस्पतालकी प्रमुख एआइजी डा; आशा सिंहले बुधबारदेखि अवकाश पाएकी छिन् ।

उमेरहदका कारण उनले अवकाश पाएकी हुन् । प्रहरी प्रधान कार्यालयले उनको बिदाई गरेको छ ।

डा.सिंहले आफ्ना कार्यकालमा अस्पताललाई अघि बढाउन केही प्रगति गरेपनि कमिसनमोहका कारण उनी सधैं विवादमा परिरहिन् । हरेक ठेक्कामा श्रीमानमार्फत डिल गरेको आरोप उनीमाथि लाग्यो । उनको अवकाशपछि अस्पतालको प्रमुख बन्नका लागि प्रतिस्पर्धा सुरु भइसकेको छ ।

मुख्यगरी दुई डिआइजीबीच एआइजी बढुवामा संघर्ष छ । डिआइजी सुन्दर हाइजु र संजय बिक्रम श्रेष्ठबीच एआइजी बढुवामा प्रतिस्पर्धा छ ।

गत सातौ नै प्रहरी प्रधान कार्यालयले संजयलाई बढुवाको तयारी गरेपछि हाइजुले आफु सिनियर भएको भन्दै आफ्नो बढुवाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीकोमा पुगेपछि बढुवा रोकिएको थियो ।

हाइजु सिनियर भएपनि कार्यक्षमताको दृष्टिकोणले श्रेष्ठ अब्बल रहेकाले उनको बढुवाको पक्षमा प्रहरी अधिकारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै