२४ जेठ , काठमाडौ । प्रहरीले सूर्यविनायक नगरपालिका-१० भातेढिकुरबाट स्रोत नखुलेको रकमसहित ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरले सूर्यविनायक नगरपालिका १० भातेढिकुरस्थित पेट्रोल पम्प नजिकैबाट ६९ लाख ५ हजार रूपैयाँसहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा चीन घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय झाङ युआन, ५० वर्षीय निङ झियालिन, २४ वर्षीय काओ होरान र ३६ वर्षीय डेना लाइयु रहेका छन् ।
साँगाबाट जगातीतर्फ आउँदै गरेको बा.२ ज ५१६ नम्बरको ट्याक्सीलाई प्रहरीले जाँच गर्ने क्रममा ट्याक्सीमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धानका लागि आन्तरिक राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।