Comments Add Comment

Advertisment

SKIP THIS

अमेरिकामा दुर्घटनामा परि कास्कीका ३२ बर्षीय युवा मनोज थापाको निधन!

१८ पुष , काठमाडौं । न्युयोर्क सिटीमा भएको दुर्घटनामा परि नेपाली युवा मनोज थापाको निधन भएको छ । आज विहान भएको दु र्घटनामा उनको निधन भएको हो । घटना विहान करिब १२ बजेर ५८ मिनेटमा भएको जनाइएको छ । दुर्घटनामा कास्की हेम्जाका ३२ बर्षीय मनोज थापाको निधन भएको उनका साथीले जानकारी दिए ।

अमेरिकामा झण्डै ७ बर्षदेखि बस्दै आएका थापा थिए । न्युयोर्क सिटीमा भएको दुर्घटनामा नेपाली उबर चालक ३२ बर्षका मनोज थापाको मृत्युबारे प्रहरीले जानकारी दिएको छ । न्युयोर्क प्रहरी विभागले दिएको जानकारी अनुशार आफ्नो गाडीलाई अर्को गाडीले ठक्कर दिएपछि हेर्न निस्किएका थापालाई अर्को गाडीले ठक्कर दिएपछि मृत्यु भएको हो ।

प्रहरी प्रवक्ताका अनुशार शनिबार विहान लगभग १२ बजेर ५८ मिनेटमा प्रहरीले घटनाबारे ९११ मा फोनमार्फत जानकारी प्राप्त भएको थियो । प्रहरीको ७२ प्रिसिन्क्टको सिमाना भित्र ५५ स्ट्रीटको वरपरको गोवानस एक्सप्रेसवेको वेस्टबाउन्ड लेनमा गाडीको ठक्करबाट मृ त्यु भएको खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

घटनास्थलमा प्रहरी अधिकारीहरु पुग्दा ३२ वर्षीय पुरुष बेहोस र अनुत्तरदायी अवस्थामा सडकमा फेला परेका थिए । शरीरमा चोट लागेको अवस्थामा उनलाई फेला पारिएको प्रहरीले जनाएको छ । आपतकालिन मेडिकल सेवाका अधिकारीहरु तत्काल घटनास्थलमा पुगेका थिए । तर ३२ बर्षका थापालाई घटनास्थलमा नै मृत घोषणा गरेका थिए । घटनाबारे परिवारका सदस्यहरुलाई जानकारी गराइसकिएको छ ।

यो पनि : मादक पदार्थ सेवन गरी सवारी चलाउने तीन चालकविरुद्ध मुद्दा दर्ता, काठमाडौं । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाउने तीन चालक विरुद्ध पक्राउ गरी मुद्दा दर्ता गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँको फर्पिङ, नागढुङ्गा र भक्तपुरको कमलविनायकमा मदिरा पिएर सवारी साधन चलाउने तीन चालकलाई पक्राउ गरी आज अभद्र व्यवहारमा मुद्दा चलाएको हो ।

मुद्दा चलाएकामा फर्पिङबाट पक्राउ परेका ना१ज ६६२४ नंको भाडाका सुमो चालक २४ वर्षीय मनोज रुम्बा, नागढुङ्गाबाट पक्राउ परेका ना२ख ८२१५ नंका ट्रक चालक ३९ वर्षीय शैलेन्दै लोधर र भक्तपुरको कमलविनायकबाट पक्राउ परेका ना४ख ५१२ नंका टिपरको चालक २४ वर्षीय नवीन मिजार रहेका छन् ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले मापसे सेवन गरी सवारी साधन चलाउने र ट्राफिकलाई अभद्र व्यवहार गरेकाले उनीहरूलाई मुद्दा चलाइएको जानकारी दिए।

पक्राउ परेकामध्ये रुम्बालाई प्रहरी वृत्त कीर्तिपुरबाट चार दिनको म्याद थप, लोधरलाई प्रहरी वृत्त थानकोटबाट सात दिनको म्याद थप र मिजारलाई प्रहरी वृत्त जगातीबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रवक्ता भट्टले बताए। पछिल्लो समय ट्राफिक प्रहरीले मापसे चेकजाँचलाई तीव्रतासमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै