२९ साउन काठमाडौ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले मोन्टपेलिएरलाई ५–२ को गोल अन्तरले पराजित गरेको हो ।पीएसजीललाई सानदार जित दिलाउनको लागि नेयमार जुनियरले दुई गोल गरे भने एमबाप्पे र रेनाटो सान्चेजले समान एक गोल गरे । एक गोल उपहार पाएको थियो । मोन्ट पेलिएरका वावी खाज्री र इन्जो चाटोले गोल फर्काए ।
खेलको ३९औं मिनेटमा फलाए साकोले आत्मघाती गोलमा पीएजीले अग्रता लिएको थियो । ४३औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे । ५१औं मिनेटमा नेयमारले नै गोल गर्दै पीएसजीलाई ३–० ले अगाडी बढाए ।
५८औं मिनेटमा वावी खाज्रीले गोल गर्दै एक गोल फर्काए । ६९औं मिनेटमा एमबाप्पेले गोल गरेपछि पिएसजी खेलमा ४–१ ले अघि बढ्यो । ८८औं रेनाटो सान्चेजले गोल गरेपछि पिएसजी खेलमा ५–१ ले अघि बढ्यो ।
त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा इन्जो चाटोले गोल गर्दै खेललाई ५–२ को स्थितिमा ल्याए । पीएसजीको यो लगातार दोस्रो जित हो । यसअघि पिएसजीले क्लेरमन्ट फुर्टलाई ५–० को भारी अन्तरले हराएको थियो ।
लगातार दोस्रो जितसँगै पिएसजी ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ट्रेन्डिङ
१
मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट
२०८३ भाद्र १८ गते , बिहिबार
२
रसुवा बाढी अपडेट : १ हजार २५२ शव फेला
२०८३ भाद्र १८ गते , बिहिबार
३
कोही चाडपर्वमा रमाइरहेका छन्, कोही बाढीमा परिवार खोज्दैछन्—पीडितको यो अवस्था देख्दा जोकोहीको मन रुन्छ
२०८३ भाद्र १३ गते , शनिबार
४
टिमुरे बाढीमा भागेर ज्यान जोगाउने सञ्जीव र तारा भन्छन्, ‘टिमुरे बजारमा अपूरणीय क्षति’
२०८३ भाद्र १० गते , बुधबार
५
बाढीमा ज्यान गुमाएका परिवारलाई सरकारले तत्काल आर्थिक सहायता दिने
२०८३ भाद्र १० गते , बुधबार
६
तीन पत्रकारलाई हिरासतमा राख्न आदेश
२०८३ भाद्र ९ गते , मंगलबार
सम्बन्धित खवर
Advertisment


