Comments Add Comment

Advertisment

SKIP THIS

चितवनमा पाँच दलीय गठबन्धनः सबै पालिकामा भागबण्डा टुंगियो, कुन वडा कस्को?

बैशाख ११, चितवन। चितवनका सत्ता साझेदार गठबन्धनले पालिका स्तरमा टुंगो लगाएपछि जिल्लाका वडाध्यक्षमा भागबन्डाको खाका तयार गरेका छन् । बुधबार देखि लगातार बसेको सत्ता साझेदार दलहरुले शनिवार मध्यराती सात पालिकाका वडाध्यक्षको खाका तयार गरेका हुन् ।

तर, वडासदस्यहरुमा सहमति जुट्न सकेको छैन । बेलुकासम्म सदस्यहरुको पनि टुंगो लगाउने गरि गृहकार्य भैरहेको छ । नेपाली कांग्रेसले ५८, नेकपा (माओवादी केन्द्र)ले २६ र नेकपा (एकीकृत समाजवादी)ले १३ वटा वडाध्यक्ष पाउने गरि सहमति गरिएको छ । तर, राष्ट्रिय जनमोर्चा र जनता समाजावादी दललाई भने उनीहरुले वडाध्यक्षमा समावेश गरेका छैनन् ।

नेपाली कांग्रेसले भरतपुर महानगरपालिकामा सबैभन्दा बढी २० वटा वडाध्यक्ष पाउने भएको छ । उसले १, २, ३, ४, ५, ६, ७, ८, १०, १४, १५, १६, १७, १८, १९, २०, २१, २३, २७ र २९ नम्बर वडामा उमेद्वारी दिने सहमति भएको छ । यस्तै भरतपुरमा ५ वटा वडाध्यक्ष पाएको माओवादीले ११, १३, २४, २५,२८ नम्बर वडामा अध्यक्ष पाएको छ । उसले २६ नम्बर वडा पनि दावि गरेको छ । तर, यस वडामा सहमति हुन बाँकी रहेको बताइएको छ । नेकपा (एकीकृत समाजवादी)ले भरतपुरमा ३ वटा वडामा वडाध्यक्ष पाएको छ । एसले ९, १२ र २२ नम्बर वडामा वडाध्यक्ष पाएको छ ।

त्यस्तै राप्ती नगरपालिकामा नेपाली कांग्रेसले ६ वटा वडाध्यक्ष पाएको छ । उसको भागमा २, ४, ९, १०, १२ र १३ नम्बर वडाको वडाध्यक्ष परेको छ । नेकपा (माओवादी केन्द्र)ले ३, ५, ७ र ८ नम्बर गरि ४ वटा वडाध्यक्ष पाएको छ । नेकपा (एकीकृत समाजवादी)ले १, ६ र ११ नम्बर वडामा वडाध्यक्षमा उमेद्वारी दिने सहमति भएको स्रोतले जनाएको छ ।

इच्छाकामना गाउँपालिकामा पनि सहमति जुटेको छ । काँग्रेसलाई अध्यक्षसहित ४ वटा वडा र माओबादी केन्द्रलाई उपाध्यक्ष सहित ३ वटा वडा दिने गरि सहमति जुटेको हो । जस अनुसार काग्रेसले अध्यक्षसहित ४, ५, ६ र ७ नम्बर वडाको अध्यक्षका लागि उमेदवारी दिनेछ । त्यस्तै माओबादी केन्द्रले उपाध्यक्षसहित १, २ र ३ नम्बर वडाको अध्यक्षमा उमेदवारी दिने सहमति जुटेको हो ।

रत्ननगर नगरपालिकामा नेपाली कांग्रेसले ९, नेकपा (माओवादी केन्द्र)ले ४ र एकीकृत समाजवादीले ३ वटा वडाध्यक्ष पाउने गरि सहमति गरेका छन् । खैरहनी नगरपालिकामा नेपाली कांग्रेसले ८, माओवादीले ३ र एकीकृत समाजवादीले २ वटा वडामा अध्यक्षमा उमेद्वारी दिनेछन् । मेयर समेत माओवादीको भागमा परेको माडीमा सबैभन्दा बढी वडाध्यक्ष पनि माओवादीले पाएको छ । त्यहाँ माओवादीले ५, कांग्रेसले ३ र एकीकृत समाजवादीले १ वटा वडाध्यक्ष पाएका छन् ।

यसअघि सत्ता साझेदार दलले पालिका स्तरको भागबण्डा मिलाईसकेका छन् । कांग्रेसले ४ पालिकाको प्रमुख र ४ पालिकाको उपप्रमुख पाउने सहमति गरेको थियो । तर, अन्तिम समयमा आएर कांग्रेसले वडाध्यक्षको भागवण्डा मिलाउन इच्छाकामना गाउँपालिकाको उपाध्यक्ष छोडेको छ । अव कांग्रेसले भरतपुर, माडी र राप्ती नगरपालिकामा उपप्रमुखमा उम्मेद्वारी दिने भएको छ । रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र कालिका नगरपालिका तथा इच्छाकामना गाउँपालिकाको प्रमुख नेपाली कांग्रेसले पाउने सहमति भएको थियो ।

माओवादी केन्द्रले भरतपुर महानगरसहित माडी नगरपालिकाको प्रमुख र एकीकृत समाजवादीले राप्ती नगरपालिकाको प्रमुख पाउने छ । समाजवादीले रत्ननगरको उपप्रमुख पाउने सहमति छ । माओवादीले खैरहनी र कालिका नगरपालिकाको उपमेयर पाउने सहमति भएको थियो । आज बेलुकासम्म सदस्यपदमा पनि टुंग्याएर भोली मनोनयन दर्ता गर्ने तयारीमा सत्ता साझेदार संस्था रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै