१२ मंसिर काठमाडौं । नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका छन् ।

शनिबार राती सम्पन्न मतगणनाबाट निकटतम प्रतिश्पर्धी सुदिपमोहन भट्टराईले ९१५ मत ल्याउँदा बराल ८० मतको फरक ९९५ मतले वियजी भएका हुन् ।

पहिलो चरणमा ५ उम्मेदवार मध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि धेरै मत ल्याएका २ जना अन्तिम प्रतिश्पर्धामा आएका हुन्।
कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत प्राप्त गर्नुपर्छ । पहिलो चरणमा पनि बरालले नै सर्बाधिक मत ल्याएका थिए ।
बराल पार्टी सभापत शेरबहादुर देउवा निकट मानिन्छन् भने भट्टराई संस्थापन इतरका हुन् । संस्थापन पक्षको कास्कीमा यो पहिलो जीत हो ।



