Comments Add Comment

Advertisment

SKIP THIS

सासूको हत्या गरी शव भकारीमा लुकाउने बुहारीलाई सल्यान प्रहरीले पक्राउ

सल्यान । सासूको हत्या गरी शव भकारीमा लुकाएको आरोपमा बुहारीलाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरेको छ ।

सिद्धकुमाख गाउँपालिका ४, खार्पनकी ४९ वर्षीया गणेशी रोकाको हत्या आरोपमा १८ वर्षीया बुहारी शर्मिला बुढाथोकी पक्राउ परेकी हुन् ।

असोज १५ गतेदेखि आमा हराएको भन्दै गणेशी रोकाकी छोराछोरीले प्रहरीमा उजुरी दिएपछि प्रहरीले खोजी अगाडि बढाएको थियो । प्रहरी असोज १८ घरभित्रै खाद्यान्न राख्ने भकारीमा गणेशीको शव फेला पारेको हो ।

प्रारम्भिक अनुसन्धानमा बुहारीको संलग्नता दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शवपरीक्षण रिपोर्टमा समेत हत्या भएको आधारहरु देखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए । उनका अनुसार बुहारीलाई जिल्ला अदालत सल्यानबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

कार्कीका अनुसार सोधपुछका क्रममा शर्मिलाले सासूको हत्या गरेको स्वीकार गरेकी छन् । हत्याको कारण सासूबुहारीबीचको घरयासी विवाद खुल्न आएको छ ।

कार्की भन्छन्, ‘आफूले मारेर कसैले थाहा नपाओस् भनेर भकारीमा लुकाएको समेत उनले स्वीकार गरेकी छन् ।’ हत्यापछि रगत लुकाउन शर्मिलाले घर लिपपोत गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै