Comments Add Comment

Advertisment

SKIP THIS

सामाजिक सञ्जालमा सेना प्रमुखलाई अपमान गर्ने इमरान खानका कार्यकर्ता पक्राउ

३० चैत , काठमाडौं । पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवाविरुद्ध अपमानजनक अभियान चलाएको आरोपमा इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) मा आबद्ध आठ जना सामाजिक सञ्जाल प्रयोगकर्तालाई पक्राउ गरिएको छ ।

सेना प्रमुख र सर्वोच्च अदालतका न्यायाधीशहरूलाई सामाजिक सञ्जालमा निशाना बनाएर जथाभावी लेखेको आरोपमा पाकिस्तानको संघीय अनुसन्धान निकाय (एफआईए) ले पञ्जाब प्रान्तका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरेको भारतीय समाचार संस्था पीटीआईले जनाएको हो ।

संसद्‍मा विपक्षीले प्रधानमन्त्रीविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव पारित भएपछि केही दिनअघि इमरान खान पदमुक्त भएका थिए । त्यसपछि जनरल बाजवाविरुद्धको अभियान ट्विटरमा शीर्ष ट्रेन्डिङमा परेको छ ।

एफआईएका अनुसार गुप्तचर निकायबाट सेना प्रमुख र सर्वोच्च अदालतका न्यायाधीशविरुद्ध सामाजिक सञ्जालमा अभियानमा संलग्न ५० संदिग्धको सूची प्राप्त भएको र तीमध्ये आठजनालाई नियन्त्रणमा लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै