०९ बैशाख , काठमाडौं । साउदीमा बेपत्ता भएका एक जना नेपाली भेटिए सम्पर्क गर्न त्यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।
अप्रिल १९ तारिखको रातिदेखि रियादको बथा भन्ने ठाउँबाट सन्तोष साह हराएका हुन् । उनी भेटिएमा खबर गरिदिन दूतावासले आग्रह गरेको हो । साह डिप्रेसनको सिकार भएका र कसैसँग पनि नबोल्ने गरेका दूतावासले जनाएको छ । दूतावासका अनुसार उनलाई उद्धार गरेर दूतावासको सेल्टरमा राखी घर पठाउने तयारी भइरहँदा उनी हराएका हुन् । राति सेल्टरमा सबै सुतिरहेको समयमा साह भागेको हुनसक्ने दूतावासको भनाइ छ ।
दूतावासका अनुसार उनको एक्जिट भिसा पनि आइसकेको छ । साहलाई कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा दूतावासको फोन नम्बर ०५०००७६७९४ मा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । उनको नेपालमा घर कुन ठाउँमा हो भन्ने कुरा भने दूतावासले खुलाएको छैन ।




