Comments Add Comment

Advertisment

SKIP THIS

राजधानीमा फेरी फोहार रोकिदै आखिर किन ?

१० वैशाख , काठमाडौ । सङ्घीय राजधानीसँग जोडिएको पासाङल्हामुु राजमार्गको मुड्खुभन्ज्याङदेखि ककनीसम्मको सडक विस्तार तथा स्तरोन्नति सुरु भएको आठ वर्ष भयो तर काम भने अलपत्र छ ।

सम्बन्धित निकाय र निर्माण कम्पनीको चरम लापरबाहीका कारण कुल १७.०१ किलोमिटरको सो सडकखण्ड नबन्दा स्थानीयवासीले आठ वर्षदेखि बर्खामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्दै आएका छन् । त्यति मात्र नभई राजधानीबाट फोहोर बोकेका गाडी त्यसतर्फ जान नपाउँदा सङ्घीय राजधानी काठमाडौँमा पटक–पटक फोहोर थुपिँ्दै आएको छ ।

सो सडकखण्डको निर्माण गरिदिन प्रधानमन्त्रीको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागमा पटक-पटक धाउँदासमेत कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ । सडक विभागअन्तर्गतको सडक सुधार तथा विकास आयोजनासँग शारदाप्रसाद अधिकारी अध्यक्ष रहेको नेपालको सैलुङ निर्माण कम्पनी तथा भारतको अरावली इन्फा पावर प्रालि (जेभी) सँग २०७१ जेठ ५ गते ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौता रकम ३१ करोड चार लाख ६४ हजार रुपियाँ रहेकामा अहिले सो रकम ३४ करोड ९४ लाख रुपियाँ पुगेको छ ।

सडक विस्तार तथा स्तरोन्नतिका लागि आठ वर्षमा सात पटक म्याद थपिए पनि अहिलेसम्म आधा पनि काम पूरा भएको छैन । सातौँ पटकको म्याद गत वर्ष चैतमै सकिए पनि काम भने ४० प्रतिशत मात्रै भएको छ ।  यसै क्रममा सङ्घर्ष समितिले शुक्रबार पत्रकार सम्मेलन गरी सो सडक निर्माण गर्न स्थानीयवासीसँग भएको सहमतिको म्याद सकिए पनि निर्माण सुरु हुन नसकेकाले पुनः काठमाडौँ उपत्यकाको फोहोर सिसडोल लाने सवारीसाधन अवरोध गर्ने जनाएको छ ।

तारकेश्वर नगरपालिका–३ का वडाध्यक्ष मनोहरि तिवारीले सडक विस्तारका नाममा सडकका दुवैतिर कटान गर्दा र भएको कालोपत्रेसमेत उप्काउँदा यस क्षेत्रको उद्योग व्यवसाय, पर्यटनलगायत सम्पूर्ण जनजीवन नै अस्तव्यस्त बन्दै गएको बताउनुभयो ।

“सडक विभागले न यो सडक बनाउँछ, न त निर्माण कम्पनीसँग ठेक्का सम्झौता नै तोड्ने गर्छ । सरकारले ठेक्का सम्झौता रद्द गरी स्थानीयवासीलाई निर्माणको जिम्मेवारी दिए काठमाडौँ उपत्यकाका १८ वटा पालिकाबाट तीन करोड रुपियाँका दरले रकम सङ्कलन गरी छ महिनाभित्रै यो सडकखण्ड कालोपत्रे गर्न सकिने दाबी उहाँको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै