Comments Add Comment

Advertisment

SKIP THIS

मधेस प्रदेशकी पूर्वराज्यमन्त्री डिम्पल झाको निधन

११ बैशाख , काठमाडौं । मधेस प्रदेशकी पूर्वराज्यमन्त्री एवम् संविधानसभा सदस्य डा. डिम्पलकुमारी झाको निधन भएको छ ।उनको आज बिहान काठमाडौं रानीबारिस्थित निवासमै निधन भएको पारिवारिक श्रोतले जनाएको छ । झा क्यान्सर रोगबाट पीडित थिइन् । ‘उहाँ दुईवर्ष देखि क्यान्सर रोगबाट ग्रसित हुनुहुन्थ्यो,’लोसपाका कार्यकारिणी सदस्य केशव झाले भने,‘एकदुई महिना अघि पनि भक्तपुर क्यान्सर अस्पतालमा उहाँको उपचार गरिएको थियो ।’

कार्यकारिणी सदस्य झाका अनुसार चिकित्सकले नै घरमै राखेर रेखदेख गर्न सल्लाह दिएका थिए । पूर्व संविधानसभा सदस्य समेत रहेकी झा मधेस प्रदेशको पूर्व भौतिक पूर्वाधार राज्यमन्त्री बनेकी थिइन् । उनी मधेस प्रदेश सभा सदस्य समेत हुन् । डा. झा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता एवम् पूर्वमन्त्री अनिल कुमार झाकी पत्नी हुन्।मृतक झाको पार्थीव शरीर गृहनगर रौतहट लगेर दाहसंस्कार गरिने भएको लोसपाका कार्यकारिणी सदस्य केशव झाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै