Comments Add Comment

Advertisment

SKIP THIS

इलाममा मनोनयनको दिनसम्म उम्मेदवारको टुंगो लागेन

११ बैशाख , काठमाडौं । आज र भोलि स्थानीय तहको निर्वाचनका मनोनयन हुँदैछ । तर, इलाममा दलहरूले अझै उम्मेदवार छनोट गर्न सकेका छैनन् ।

प्रमुख र उपप्रमुखको टुंगो नलाग्दा जिल्लाबाटै टुंगिने वडाध्यक्ष र सदस्य उम्मेदवारको नाम समेत सार्वजनिक गरिएको छैन ।

कतिपय ठाउँमा छनोट भएका उम्मेदवारप्रति कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । एमालेबाट इलाम नगरपालिकाको प्रमुखमा नरेन्द्रनाथ भट्टराईको नाम सार्वजनिक भएपछि नगर कमिटीबाट सामूहिक राजीनामा गरेका छन् ।

पार्टीको कार्यालयमा तालाबन्दी गरिएको छ । जनाधार नभकाको व्यक्तिलाई चुनावमा लिएर जान नसकिने भन्दै नगर कमिटीका पदाधिकारी तथा सदस्य र जनवर्गीय संगठनका प्रमुखले राजीनामा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै