Comments Add Comment

Advertisment

SKIP THIS

कुवेतमा एक नेपाली महिलाको मृत्यु

१४ बैशाख , काठमाडौं । रोजगारीका लागि घरेलु कामदारको रूपमा कुवेत पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ ।

झापा गरामनी ९ घर भएकी ४४ बर्षीय यदु गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । पछिल्लो पटक एक्कासी पेट दुख्यो भनेर त्यहाँको जाहारास्थित जाहारा हस्पिटलमा उपचारको लागि पुगेकी गुरुङलाई लिभर क्यान्सर भएको भन्दै जाहारा हस्पिटलले अमिरी हस्पिटलमा रिफर गरिदिएको थियो।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अनुसार मृतक गुरुङ एक महिनादेखि कलेजो क्यान्सर (लिभर क्यान्सर) को उपचाररत थिइन्। उनको उपचारकै क्रममा अमिरी हस्पिटलमा मंगलबार बिहान मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै