Comments Add Comment

Advertisment

SKIP THIS

३५ सञ्चार माध्यम र ४ वेबपोर्टलाई काउन्सिलको कारबाही

१४ बैशाख , काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यमलाई कारवाही गरेको छ । साथै दर्ता नभएका ४ वेबपोर्टललाई मुलुकभित्र सम्प्रेषण हुननसक्ने बनाएको छ ।

सञ्चार माध्यमबाट निर्वाचनआचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमातत्कालै कारबाहीप्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचनआयोगलाई गराइँदै आएको उपप्रशासकीयअधिकृत (सूचनाअधिकारी) रामशरण बोहराद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ ।

निर्वाचनआचारसंहितालागु भएपश्चात् काउन्सिलले देशभरका सञ्चार माध्यमहरूबाट आचारसंहितापालनाभए÷नभएको विषयमाविशेष अनुगमनगरिरहेको छ । २०७८ चैत २६ गतेदेखि हालसम्मआचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यममध्ये ४ वटालाई २४ घण्टे स्पष्टीकरण मागगरिएकोमा २ सञ्चार माध्यमबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएकोले प्रथम पृष्ठमा क्षमायाचनाप्रकाशन गर्न निर्देशनदिइएकोमा सोहीअनुसार प्रकाशनभएको छ । २ वटाले आगामीदिनमाआचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण नगर्ने र सजग रहने प्रतिबद्धता जनाएका छन् । यसैगरी ६ पत्रपत्रिका, ३ रेडियो, ५ टेलिभिजन र १४ अनलाइन गरी २८ वटालाई निर्देशनदिइएको र २ अनलाइनबाट निर्देशनपश्चात् पनिप्रतिकूल सामाग्रीपुनः सम्प्रेषण भएको देखिएकोले सचेत गराइएको छ । त्यस्तै ४ वटा सञ्चार माध्यमलाई ध्यानाकर्षण गराइएको छ ।

दल तथाउम्मेदवारका बारेमा सूचनातथा समाचार सम्प्रेषण गर्दा विशेष ध्यान पु¥याउनु सञ्चार माध्यमको कर्तव्य भएकाले गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुननदिन, कसैको पक्षवाविपक्षहुनेगरी र राजनीतिक दल वाउम्मेदवारको प्रतिष्ठामा आँच पु¥याउनेगरी सामग्री सम्प्रेषण हुननदिनेतर्फ सजग रहन विज्ञप्तिमा भनिएको छ । ‘तटस्थताकायमगर्दै जनमानसमाविश्वसनीयता बढाउनेतर्फ सबै सञ्चारमाध्यमहरूले विशेष ख्याल गर्नुपर्छ । निर्वाचनका बेलाअनलाइन र सामाजिक सञ्जालका दुरुपयोग हुननदिनझन् बढी सतर्कताअपनाउनुपर्छ’काउन्सिलकाअध्यक्षबालकृष्ण बस्नेतले भन्नुभयो ।

काउन्सिलले दल तथाउम्मेदवारको निर्वाचनप्रचार–प्रसारको लागिनिःशुल्कवाप्रायोजित विज्ञापन प्रकाशन/प्रसारण नगर्न/नगराउन, सःशुल्क विज्ञापन प्रकाशन/प्रसारण गर्दा आचारसंहिताले तोकेअनुसार साइज, समय र पटकलाई ध्यानदिन, सामाजिकसञ्जालमार्फत्बाट समेत यो वात्यो दल रदलका उम्मेदवारको प्रचार–प्रसारलाई अतिरञ्जनानगर्न/नगराउन सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालकाप्रयोगकर्ताहरूमाअनुरोधसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै