१६ वैशाख , काठमाडौ । मोरङको केराबारी गाउँपालिकामा वडा सदस्यका उम्मेदवारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा केराबारी २ का नवीन लिम्बू रहेका छन् । नेपाली कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका उनको आज (शुक्रबार) बिहान मृत्यु भएको गाउँपालिकाका निवर्तमान अध्यक्ष रोहितबहादुर कार्कीले जानकारी दिए ।
बिहीबार चुनाबी अभियान सकेपछि घर फर्किएर सुतेका उनी शुक्रबार बिहान अचानक बेहोस भएर ढलेका थिए । उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको जनाइएको छ ।


