Comments Add Comment

Advertisment

SKIP THIS

सप्तरी प्रहरीद्वारा लागूऔषधसहित बिहीबार एक जनालाई पक्राउ

१६ वैशाख , काठमाडौ । सप्तरी प्रहरीले लागूऔषधसहित बिहीबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी बोदेबर्साइन नगरपालिका-९ देउरी का घुरन यादवका १९ वर्षीय छोरा शंकर यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएका प्रहरीले लागूऔषध घरमा बेच्ने उद्देश्यले भण्डारण गरी राखेको अवस्थामा गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

यादवको साथबाट नाइट्राभेट-१० लेखिएको ट्यावलेट १ हजार २ सय ५० पिस, डाइजेपाम इन्जेक्सन ७ सय ५० एम्पुल, फेनेरागन ७ सय ५० एम्पुल, नुफिन इन्जेक्सन ७ सय ५० एम्पुलफेला परेको छ ।

उनीमाथि लागूऔषध कारोबार सम्बन्धित मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

१७ वर्षीया किशोरी बलात्कृत

Advertisment

छुटाउनुभयो कि? सबै

१७ वर्षीया किशोरी बलात्कृत