Comments Add Comment

Advertisment

SKIP THIS

विराटनगरमा सवारी दुर्घटना हुँदा एक किशोरी गम्भिर घाईते

१७ बैशाख , काठमाडौं । कोशी राजमार्ग अन्तगर्त विराटनगर-७ स्थित शनिमन्दिरमा सवारी दुर्घटना हुँदा एक किशोरी गम्भिर घाईते भएकी छन् । शुक्रबार बेलुका ६ बजेको समयमा उत्तर तर्फबाट दक्षिण आउदै गरेको मे १ ख २७४५ नम्बरको यात्रुबहाक बस र प्र १ –०२ –० ४१ प४५१४ नम्बरको मोटरसाईकलले यात्रीलाई ठक्कर दिदाँ विराटनगर १४ बस्ने १८ बर्षिया रविना खातुन गम्भिर घाईते भएकी हुन् ।

विराटनगरको एक धागो उद्योगमा कार्यरत रविनाको दाँया खुट्टाको घुडाको हडडी टुटेको छ ।सुरुमा मोटरसाईल र पछि पुन बसले पनि साईकललाई ठक्कर दिदाँ उनको खुट्टाको हड्डी भाचिएको हो ।उनको खुट्टाको हडडीहरु घटना स्थलमा मै भेटिएका थिए ।

घाईते खातुनलाई तत्काल उपचारको लागी न्युरो अस्पताल लगे पनि त्यहाँ उपचार हुन नसकेपछि अहिले विराटनर अस्पताल लगिएको मोरङ प्रहरीले जनाएको छ । बस चालक झापा अर्जुनधारा निवासी २७ बर्षिय अर्मत श्रेष्ठ भने फरार रहेका छन् भने बस र मोटरसाईललाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै