१८ वैशाख , काठमाडौ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नेतृत्व परिवर्तन भएको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसी ३० वर्षे सेवा अवधिका कारण आइतबार (आज) मध्यरातदेखि अनिवार्य अवकाश पाउने भएकाले दुईवटै प्रहरी संगठनको नेतृत्व परिवर्तन भएको हो ।
उनीहरुले अवकास पाएसँगै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धीरजप्रताप सिंह र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजु अर्याललाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
दुईवटै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले सोमबारदेखि कार्यभार सम्हाल्नेछन् ।
गृहमन्त्री बालकृष्ण खाणले आइतबारनै नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी बलका महानिरीक्षक पुष्पराम केसीलाई विदाइ गरिसकेका छन् ।


