Comments Add Comment

Advertisment

SKIP THIS

सशस्त्र प्रहरीद्वारा लागूऔषधसहित २ जना पक्राउ

२१ वैशाख, काठमाडौ । पूर्वी नवलपरासी जिल्लाको बिनय त्रिवेणी गाउँपालिका-७ सिथत गण्डक व्यारेज चेकप्वाईन्ट ईलाकाबाट सोमबार सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौको ठेचु बस्ने २३ वर्षिय अमृत थापा र ललितपुर महानगरपालिका १४ लाछिकोट बस्ने २३ वर्षिय मनोज वाईवा छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी विनय त्रिवेणीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा स्पास्मो ट्याब्लेट २७ वटा, निट्रोसुम ट्याब्लेट १४ वटा र स्पास्पाम ट्याब्लेट १० वटा फेला पारेको हो । त्यसवेला उनीहरुको साथमा
नेपाली रुपैयाँ १ लाख २० हजार समेत बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै