अवैध लागूऔषध सहित पक्राउ -
Comments Add Comment

अवैध लागूऔषध सहित पक्राउ

२९ पुष , काठमाडौं । घ्याङलेख गाउँपालिका-२ चालिसे बगर बस्ने ४० वर्षीय धन कुमार वाईबालाई अवैध लागूऔषध गाँजा करिब १ किलो सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

सप्तरी, बोदेबर्साईन नगरपालिका-१ मनहौरी बस्ने बिलटु भन्ने ६८ वर्षीय विश्वनाथ यादवलाई अवैध लागूऔषध गाँजा करिब १ किलो १ सय २० ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बोदेबर्साईन र प्रहरी चौकी सिस्वाबेल्हीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-१ फटैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ११ ग्राम ७ सय ६० मिलिग्राम सहित पुनर्वास नगरपालिका-८ कंकड बस्ने ३१ वर्षीय बासुदेव रानालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०११ प ११४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक बासुदेवलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

धुनुषा, क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बस्ने २५ वर्षीय बिनोद कुमार शर्मालाई अवैध लागूऔषध गाँजा करिब २ किलो ७ सय २० ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिनोदले ज.४ प ५८०१ नम्बरको मोटरसाइकलमा उक्त लागूऔषध बोकी महेन्द्रनगरतर्फ जाँदै गरेको भन्ने विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनको घर वरपर तलासी गर्दा सोही ठाउँस्थित बाँसघारीमा लुकाई छिपाई राखेको उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै

अवैध लागूऔषध सहित पक्राउ

अवैध लागूऔषध सहित पक्राउ


This will close in 20 seconds